६ बैशाख २०८१, बिहीबार

अपराजित यात्रा कायमै पाकिस्तानको टी–ट्वेन्टी विश्वकप क्रिकेटमा, अफगानिस्तान पराजित

2021 10 24T154541Z 684553037 UP1EHAO17S3SN RTRMADP 3 CRICKET T20WORLDCUP IND PAK

आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा पाकिस्तानले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ ।

गएराती भएको खेलमा अफगानिस्तानलाई हराउँदै पाकिस्तान सेमिफाइनल नजिक पुगेको छ ।

दुबईमा भएको खेलमा पाकिस्तानले अफगानिस्तानमाथि पाँच विकेटको सनसनीपूर्ण जित निकाल्यो । अफगानिस्तानले दिएको एक सय ४८ रनको लक्ष्य एक ओभर बाँकी छँदै पूरा गरेको पाकिस्तान समूह बीको शीर्ष स्थानमा यथावत रहन सफल भएको छ ।

पाकिस्तान ६ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा छ । २ अंकसहित दोस्रो स्थानमा रहेको अफगानिस्तानको यो प्रतियोगितामा पहिलो हार हो।

पाकिस्तानलाई जित दिलाउन बाबर आजमले ५१ रनको अर्धशतकीय इनिङ्स खेले भने फाखर जमानले ३० रन बनाए । अन्तिम दुई ओभर बाँकी हुँदा पाकिस्तानलाई २४ रनको आवस्यकता थियो ।

सातौं नम्बरमा आएका आशिफ अलीले १९औं ओभरमा चार छक्का प्रहार गर्दै पाकिस्तानलाई जीत दिलाए । सात बल सामना गरेर २५ रन बनाएका आशिफ प्लेयर अफ द म्याच चुनिए । बलिङमा अफगानिस्तानका राशिद खानले दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४७ रन बनाएको थियो । उसका लागि मोहम्मद नाबी र गुलाबदिन नइबले ३५–३५ रन बनाए पनि अन्यको ब्याट राम्रो चल्न सकेन ।

बलिङमा पाकिस्तानका इमाद वासिमले दुई विकेट हात पारे । हिजै भएको पहिलो खेलमा वेष्ट इण्डिजले बंगलादेशलाई तीन विकेटले हरायो ।

    सम्बन्धित समाचार...