१५ चैत्र २०८०, बिहीबार

स्पेनस्थित एक बृद्धाश्रममा एक चिहान भए सबै बृद्धबृद्धा

coronavirus

स्पेनस्थित एक बृद्धाश्रममा रहेका बृद्वबृद्वाहरु कोरोनाका कारण सबै एक चिहान भएको खवर सार्वजनिक भएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपनि उक्त आश्रममा रहेकाहरुले उपचार नपाएर सामुहिक रुपमा ज्यान गुमाउनु परेकोस्पेनकी रक्षामन्त्री मार्गरिता रोब्लेले खुलासा गरेकी छन् ।आपतकाल लगाएर सेना उतारेको स्पेन कोरोना भाइरस संक्रमणमा इटालीपछिको दास्रो प्रभावित देश हो ।

सोमबार फ्रान्सको एउटा बृद्धाश्रममा २४ जना बूढाबूढीको सामूहिक लास भेटिएपछि सेनाले स्पेनमा रहेको सबै बृद्धाश्रममा खोजतलास सुरु गरेको छ।मार्चको पहिलो साता स्पेनको एउटा बृद्धाश्रममा १४ जनाको सामूहिक लास भेटिएको थियो।

कोरोनाको महामारी फैलिन थालेपछि आश्रमका कर्मचारी बूढाबूढीलाई त्यत्तिकै छोडेर भागेका थिए ।अहिले सेनाले लास जम्मा गरेर जलाइरहेको छ। एजेन्सी