१२ बैशाख २०८१, बुधबार

देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरु सञ्चालन गर्नुपर्छः अर्थमन्त्री शर्मा

Janardan Sharma Artha mantr 2
फाइल फोटो

अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरु सञ्चालन गर्नुपर्ने बताएका छन् ।

आज १४औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरु सञ्चालन गर्नुपर्ने बताए ।

देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगधन्दा र खेतिपातीलाई सरकारले प्रोत्साहन गरिरहेको बताए ।

उनले हरेक क्षेत्रमा काम गर्नेहरुले आफ्नो ठाउँबाट आफू आत्मनिर्भर बन्छु भन्ने सोच्नुपर्ने बताए ।

अर्थमन्त्री शर्माले नेपालमा पुष्प खेतीको आकर्षण बढ्दै गएको बताएका हुन् ।

पुष्प व्यवसायले देशको अर्थतन्त्रलाई बढाउने बताउँदै जनताको पसिनाबाट उठाइएको राजश्व जनताकै लागि खर्च गर्ने बताए ।

नेपाल अर्को वर्षसम्म फूलमा आत्मनिर्भर हुनुपर्ने बताए ।

अर्थमन्त्री शर्माले फूल र मानिसको सम्बन्ध जीवनकालसम्म भएको बताउँदै फूल अन्य देशमा व्यपारमा मात्रै जोडिए पनि नेपालमा संस्कृतिसँग पनि जोडिएको बताए ।

सरकारले काठमाडौं उपत्यकामा १२ वटा पार्क बनाउने योजना अघि सारेको बताए ।