७ बैशाख २०८१, शुक्रबार

राैतहटमा भ्रष्टचारविरूद्ध जनमत पार्टीकाे प्रदर्शन, प्रहरीकाे हस्तक्षेप

248596885 423502182486335 750600879208339737 n1635514145 63

रौतहट । जनमत पार्टीले भष्ट्राचारविरुद्ध प्रदर्शन गरेको छ । शुक्रबार साँझ सदरमुकाम गौरस्थित बिपी चोकमा पार्टीले मशाल जुलुससहित प्रदर्शन गरेकाे हाे ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरेकाे थियाे ।

डा सिके राउत नेतृत्वको जनमत पार्टीकाे केन्द्रीय कार्यकारी समितिले घोषणा गरेको सताव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत आज रौतहटमा नेता तथा कार्यकर्ताहरुले मशाल जुलुस प्रदर्शन गरेका हुन् ।

‘प्रत्येक वार्डदेखि नगर हुँदै हेरक स्थानीय तहमा हाम्रो आन्दोलन रहेको छ । जस अन्तर्गत हामीले रौतहटमा प्रहरीको हस्तक्षेप भएपनि सफल पारेका छौ ।’ पार्टीका जिल्ला अध्यक्ष ज्वाला रणवीर (विवेक) ले भन्नुभयाे ।

मशाल जुलुस हुन नदिन प्रयास गरेपनि प्रदर्शन सफल पारेकाे उहाँकाे भनाइ छ ।