१२ बैशाख २०८१, बुधबार

लुम्बिनी प्रदेशका मन्त्रीकाे गाडीले मोटरसाइकललाई दियाे ठक्कर, मन्त्रीले गरे बेवास्ता

ajaya shahi minister lumbini pradesh
फाइल फोटो

लुम्बिनी प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही चढेकाे गाडीले एक मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । मन्त्री शाही सवार भे१झ ३३१ नम्बरको गाडीले लु७८प ५६६३ मोटरसाइकललाई ठक्कर दिँदा रुपन्देहीको तिलोत्तमा–३, शंकरनगरमा मन्त्री सवार गाडीले ठक्कर दिँदा बुटवल उपमहानगरपालिका–१२, तामनगर निवासी २० वर्षीय मिगिन मगर घाइते भएका हुन् ।

बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा भएकाे उक्त दुर्घटनामा परी घाइते व्यक्तिको वास्ता नगरी मन्त्री शाही हतार–हतार अर्को गाडीमा चढेका प्रत्यक्षदर्शीको भनाइ छ । मन्त्री शाही हिँडे पनि उनका स्वकीय सचिवले घाइतेलाई उपचारका लागि क्रिमसन अस्पताल पुर्याएका थिए ।