१३ बैशाख २०८१, बिहीबार

सरकारले धानबालीमा क्षति भोगेका किसानलाई ६५ प्रतिशतसम्म राहत दिने निर्णय

cabinet
फाइल फोटो

सरकारले बाढी, पहिरो र डुवानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाका अनुसार आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले १० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय भएको हो ।

त्यस्तै ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ विघा भन्दा बढी जग्गा भएका किसानलाई २० प्रतिशत राहत दिने निर्णय भएको उनको भनाई छ । कात्तिक १ देखिको वर्षा, बाढी र डुवानका कारण देशका धेरै ठाउँमा पाकेको धानबाली डुवानमा परेको थियो ।