८ बैशाख २०८१, शनिबार

एकदिन नबित्दै किन छाडियो लागूऔषधसहित पक्राउ परेका वडाध्यक्षलाई ?

Ram Sogarath

सिरहामा लागूऔषधसहित पक्राउ परेका वडाध्यक्षलाई प्रहरीले एकदिन नबित्दै छाडेको छ ।

सिराहाको सीमा क्षेत्र माडरबाट पक्राउ परेका सिराहा नगरपालिका वडा नंं. १८ का वडाध्यक्ष राम सोगारथ यादवलाई प्रहरीले छाडेको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका एक अधिकृतका अनुसार लागूऔषध राखिदिएर निर्दोष व्यक्तिलाई फसाइएको घटना पनि सार्वजनिक नहुने होइन । तर वडाध्यक्ष यादवको प्रकरणमा चाहिँ उनलाई छाड्न हतार गर्नु रहस्यमय भएको उनको दाबी छ ।

मंगलबार प्रहरी सञ्चारले जिल्ला र संघीय कार्यालयमा प्रेषित गरेको विवरणमा चाहिँ वडाध्यक्ष यादवको मोटरसाइकललाई माडरको सीमा क्षेत्रबाटै प्रहरीले पछ्याएको उल्लेख छ ।