७ बैशाख २०८१, शुक्रबार

विक्की र कट्रिनाको बिहे डिसेम्बरमा ?

vicky katrina

बलिउडमा विगत केही महिनादेखि नायक विक्की कौशल र नायिका कट्रिना कैफको प्रेमको चर्चा चलिरहेको छ ।

केही दिनअघिसम्म यी दुईले अगस्ट १८ मा बिहे गर्ने खबर फैलिएको थियो । सूत्रका अनुसार अब यी दुईजना सम्बन्धलाई अघि बढाउन तयार भएका छन् ।

बलिउड संचारमाध्यमले कट्रिना र विक्की चाँडै नै बन्धनमा बाँधिने तयारी गरेको जनाएका छन् । तर, यी दुईले मिडियासँग बिहेबारे केही बोलेका छैनन् । सूत्रका अनुसार दुबैजनाले बिहेको तयारी थालेका छन् ।

बिहेको पहिरनलाई फेसन डिजाइनर सब्यासाचीले डिजाइन गरिरहेको बताइएको छ । पछिल्ला दिनमा दुबैले मनपर्ने फेब्रिक छानिरहेका छन् । कट्रिनाले आफ्नो लागि र सिल्क नम्बर चुनेकी छिन् जुन उनको लेंहगामा प्रयोग हुनेछ ।

बिहे आगामी नोभेम्बर र डिसेम्बरसम्म हुने भनिएको छ । मिडियासामु दुबैले प्रेम सम्बन्धबारे केही नबताएपनि कैंयौंपटक उनीहरु एकअर्कासँग भेटिएका छन् ।

कट्रिना र विक्की अगष्ट महिनामै बिहे गरेको खबर समेत सार्वजनिक भएको थियो । विक्कीले भने बिहेको समय आएपछि मिडियालाई यो बिषयको जानकारी दिने बताउँदै आएका छन् ।