१६ चैत्र २०८०, शुक्रबार

नेपालमा कोरोना संक्रमण दर घट्दो : स्वास्थ्य मन्त्रालय

health

नेपालमा कोरोना संक्रमण हुनेको सङ्ख्या घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आजको प्रेस ब्रिफिङमा सह प्रवक्ता डा.समिरकुमार अधिकारीले हाल नेपालमा दिन प्रतिदिन कोरोना संक्रमण पुष्टि हुने दर कम हुँदै गएको जानकारी दिनुभएको हो ।

सह प्रवक्ता अधिकारीले आज गरिएका परीक्षण मध्ये ८ दशमलव १ प्रतिशतमा मात्र संक्रमण पुष्टि बताउनुभयो ।

आज कोरोना विरुद्धको खोप ७७ हजार २ सय ७ जनाले लगाएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज देशभर ६ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

९ हजार ४ सय ९५ नमुनाको पिसिआर तथा ऐन्टिजेन परीक्षण गर्दा ६ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज ४ सय ९५ जना कोरोना संक्रमित निको भएका छन् ।

कोरोना संक्रमण कारण आज ८ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय ८० पुगेको छ ।