२४ बैशाख २०८२, बुधबार

अकस्मात सिंहदरबारभित्र गोली चल्यो

gunfire

सिंहदरबार भित्र साँझ ५ बजे गोली चलेको छ ।

बुधबार साँझ ५ बजेतिर राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी अंगरक्षकको पेस्तोलबाट गोली सिंहदरबारभित्र गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

उनले भने मिस्टेकले गोली चलेको हो। उपाध्यक्षज्यूको अंगरक्षकको पेस्तोल झरेपछि गोली चलेको हो, गोली कसैलाई नलागेको उनले बताए। अहिले प्रहरीले त्यहाँ मुचुल्का उठाउने काम गरिरहेको छ। उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ ।

    सम्बन्धित समाचार...