१३ बैशाख २०८१, बिहीबार

अदालतभित्रै समाधान हुन्छ प्रधानन्यायाधीश र न्यायाधीशबीचको विवाद: प्रधानमन्त्री देउवा

pm deuba
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच देखिएको समस्या अदालतभित्रै समाधान हुने बताउनुभएको छ ।

यस विषयमा राजनीतिक दलहरुले अनावश्यक टिप्पणी गर्न नहुने उहाँको भनाइ छ । प्रधानमन्त्री निवासमा आज आयोजित कार्यक्रममा कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले परमादेशको सवाल उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश समेत व्यक्त गर्नु भयो ।

न्यायालयको सम्बन्धमा उठेका सवालमा सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानन्यायाधीशको सिफारिसमा मन्त्री बनाइएका भनिएका गजेन्द्र हमाल नेपाली कांग्रेसकै कार्यकर्ता भएको प्रधानमन्त्री देउवाको भनाइ थियो ।

उहाँले नेपाली कांग्रेसको १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो ।