८ बैशाख २०८१, शनिबार

कोरोना संक्रमणबाट थप ११ जनाको निधन, ६६६ संक्रमित थपिँदा ६२२ संक्रमणमुक्त

corona insurance

नेपालमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ भने ६ सय ६६ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षणमा ५ सय ६९ र २ हजार २ सय ४९ जनाको एन्टीजेन परीक्षणमा ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो पटक थपिएका संक्रमितमा सबैभन्दा धेरै काठमाडौं उपत्यकाका २ सय ३५ जना छन् । जसमा काठमाडौंका १ सय ७७, ललितपुरका ३३ र भक्तपुरका २५ जनामा संक्रमण पुष्टि भएको हो ।

उपत्यका बाहिर सबैभन्दा धेरै रुपन्देहीमा ५२ जना संक्रमित थपिएका छन् । थप ११ जनाको निधन भएसंगै देशभर कोरोनाबाट निधन हुनेको संख्या ११ हजार ३ सय ७२ पुगेको छ । पछिल्लो पटक ६ सय २२ जना संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १० हजार २ सय ९६ छ । पछिल्लो २४ घण्टामा थप ७३ हजार ४ सय २७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।