१५ चैत्र २०८०, बिहीबार

फुलकोर्ट बहिस्कार गरेका सर्वोच्चका न्यायाधीशहरुले आज प्रधानन्यायाधीशसँग भेट गर्ने

court

फूलकोर्ट बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संयुक्त भेटघाट गर्ने भएका छन् ।

नेतृत्वसँग असन्तुष्ट न्यायाधीशहरुबीच भएको छलफलमा बिहान साढे ११ बजे सबैले भेट्ने र न्यायलयमा देखिएको समस्याहरुबारे आफ्नो धारणा राख्ने सहमति भएको हो ।

प्रधानन्यायाधीश राणाको जवाफ सुनेपछि फेरि सबै बसेर छलफल गर्ने र एउटा निर्णयमा पुग्ने सहमति न्यायाधीशरुबीच भएको छ ।

प्रधानन्यायाधीश राणाले हिजो आफूबाहेक उपस्थित १३ न्यायाधीशका लागि ६ वटा संयुक्त र एउटा एकल इजलास तोक्नु भएको थियो । तर ती कुनै पनि इजलास बस्न सकेन ।

राणाले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन र वरिष्ठ अधिवक्ता उपाधिका विषयमा छलफल गर्न सर्वोच्च अदालतको फुल कोर्ट बैठक बोलाउनु भएको थियो ।