१५ चैत्र २०८०, बिहीबार

विद्युत प्राधिकरणको कर्मचारीलाई निर्देशन- कार्यक्षेत्र नछाड्नू, फोन अफ नगर्नू,

NEA Nepal

नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई तोकिएको ठाउँ नछोड्न निर्देशन दिएको छ। आफ्नो कार्यक्षेत्रमा तोकिएको जिम्मेवारी उत्तरदायी ढंगले पुरा गर्न प्राधिरकणले कर्मचारीहरुलाई सर्कुलर जारी गरेको छ ।

मिटर सिकायत, नो लाईट सेवा, मर्मत सम्भार र सिफ्ट ड्युटी संबन्धित (उत्पादन, प्रसारण, बितरण) कर्मचारिहरु खटाइएअनुसार अन ड्युटी कार्यरत रहनु पर्ने नियम बनाइएको छ । अन्य सबै कर्मचारीहरु फोन गरेपछि कुनै पनि बेला कार्यालय र फिल्डमा उपलब्ध हुने गरी घर निवासमा नै रहन र बाहिर नजान पनि निर्देशन दिइएको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले सबै जिम्मेवार अधिकारीहरुलाई जिम्मेवारीसहित ठाउँ नछाड्न भनिएको बताए।

प्राधिकरणले कसैलाई पनि मोबाइल फोन स्वीच अफ नगर्न भनेको छ। यस्तै कुनै पनि अप्ठेरो अवस्था आउन लागे त्यसको तत्काल रिपोर्टिङ गर्न पनि भनिएको छ।

सबै उपमाहनिर्देशकहरुले हरेक दिन बेलुका अनिवार्य प्रवन्ध निर्देशकलाई रिपोर्टिङ गर्न र अवश्यक परेमा कुनै पनि बेला फोन सम्पार्क गर्न वा भेट्न समेत सूचनामा भनिएको छ ।

कुनै पनि कठिन परिस्थिति आएमा वा आउने पूर्बानुमान भएमा तत्काल आफ्नो माथिल्लो निकायलाई जानकारी गराउन र आˆनो स्वास्थ्यलाई उच्च ख्याल राख्दै ‘हामी सबैसँगै छौं’ भन्ने भाबना र उच्च मनोबलका साथ जिम्मेवारीमा समर्पित भइरहन निर्देशन दिइएको छ ।

प्राधिकणले कुनै पनि बेला कुनै सूचना वा सर्कुलर जारी गरेमा आफू बेखबर नहुने गरी प्राधिकरणको वेबसाइट इमेल लगायतसँग जोडिइरहन पनि निर्देशनमा भनिएको छ ।