
बाढी, पहिरो र डुबानमा परेर ज्यान गुमाउनेको सङ्ख्या ९० नाघेको छ । गृह मन्त्रालय काे पछिल्लाे तथ्याङ्क अनुसरा हाल सम्म बाढीपहिराेमा परी ९१ जनाको ज्यान गएको पुष्टि भएको हाे ।
गृह मन्त्रालयकाअनुसार पाँचथरमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या ३२ पुगेको छ । यस्तै, इलाममा १३, डोटीमा १२, धनकुटामा ७, बझाङमा ८, हुम्लामा ६, बैतडीमा ४ तथा सुनसरी र उदयपुरमा दुई जनाको ज्यान गएको छ । प्युठान, सोलुखुम्बु, मोरङ, डडेलधुरा र कालीकोटमा एक/एक जनाको ज्यान गएको मन्छत्रालयले जनाएकाे छ ।
बाढी पहिरोमा अझै ३० जना बेपत्ता रहेकाे छन् ।