१३ बैशाख २०८१, बिहीबार

क्रिस्टियानो रोनाल्डोको चम्किदा म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

united

क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ ।

बुधबार राति युनाइटेडले एटलान्टालाई ३–२ गोलले हराएको हो । युनाइटेडको जितमा रोनाल्डोले विजयी गोल गरे ।

मारियो पासालिस र मेरिह डिमिरलले गोल गर्दै पहिलो हाफमा एटलान्टालाई अग्रता दिलाए पनि पूरै अवधि टिक्न सकेन ।

दोस्रो हाफमा युनाइटेड तीन गोल गर्दै खेल आफ्नो पक्षमा पार्‍यो । मार्कुस रासफोर्ड, ह्यारी मागुइरी र रोनाल्डोले युनाइटेडका लागि गोल गर्दै ३ अंक सुनिश्चित गरे ।

जितसँगै युनाइटेड शीर्ष स्थानमा उक्लिएको छ । उसले ३ खेलबाट ६ अंक जोडेको छ । एटलान्टा ४ अंकसहित दोस्रो स्थानमा छ ।