७ बैशाख २०८१, शुक्रबार

बढ्यो नेपालमा फेरि कोरोना संक्रमणदर

corona hotwater

नेपालमा कोरोना संक्रमणदर फेरि बढेको छ ।

दशैँको समयमा केही कम रहेको संक्रमणदर र मृत्युदर फेरि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज पीसीआर परीक्षणबाट ५३५ र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १२७ सहित ६२ जना संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा ७ हजार २२ जनाको पीसीआर र १ हजार ४०४ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो । सोही अवधिमा ७५८ संक्रमितले कोरोनालाई जितेका छन् । मन्त्रालयका अनुसार आज १३ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ पुगेको छ । उनीहरुको होम संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ । २२७ जना विभिन्न स्थानका क्वारेन्टिनमा छन् ।

२४ घण्टाको अवधिमा ९ हजार ८०२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । पछिल्लो तथ्यांक अनुसार नेपालमा संक्रमणबाट मुक्तहुने दर ९७ दशमलव १ प्रतिशत छ । भने १ दशमलव ४ प्रतिशतले संक्रमण फैलिएको देखिन्छ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।