
रुसले अफगानिस्तानबारे आज एक महत्वपूर्ण बैठक बोलाएको छ ।
मस्को फर्म्याट नाम दिइएको वार्ताका लागि तालिबान, अमेरिका, चीन, भारत, इरान र पाकिस्तानसहित १० देशलाई निमन्त्रणा पठाइएको छ ।
अफगानिस्तानको शासन सत्ता तालिबानले लिएसँगै रुसले पहिलो पटक यसप्रकारको बैठकको आयोजना गरेको हो ।
बैठकमा अमेरिका भने सहभागी नहुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।