१५ चैत्र २०८०, बिहीबार

सिन्धुलीमा बाढीले एक जनाको निधन, मध्यपहाडी लोकमार्ग अबरुद्ध, यत्रु अलपत्र

pahiro 1

दुई दिनदेखिको अबिरल बर्षाका कारण सिन्धुलीमा एक जनाको ज्यान गएको छ भने ठाँउ–ठाँउमा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ ।

फिक्कल गाँउपालिका–४ निवासी २२ बर्षिया सबिता भुजेलको मामाघरमा टिका लगाएर घर फर्किने क्रममा मङगलबार बेलुका स्थानीय चाल्नेखोलामा आएको बाढीले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार फिक्कल गाँउपालिका–५ जाङजाङमा रहेको मामाघरमा टिका लगाएर घर फर्किदै गर्दा उक्त खोलामा एक्कासि बाढी आउँदा बगाएर उहाँको मृत्यु भएको हो । मृतकको शब घट्नास्थल भन्दा करिब एक किलोमिटर तल भेटिएको थियो ।

त्यस्तै मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी ६१ किलोमिटर लामो खण्डमा ठाँउ ठाँउमा पहिरो खस्नाले यातायात अबरुद्ध हुदा दशैंमा टिका लगाएर फर्किएका यात्रु बीच बाटोमा नै अलपत्र परेका छन् ।

खुर्कोट–घुर्मी खण्डमा गोलन्जोर गाउ“पालिकाको हैबार अक्करे भिर, कुखुरेटार, कालिआँप र फिक्कल गाँउपालिकाको सोखुखोला र नागथानमा माथिबाट पहिरो आई सडकमा थुप्रिएर यातायात अबरुद्ध बनेको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

उक्त कार्यालयका प्रहरी निरिक्षक अनिलराज गिरीका अनुसार खुर्कोटबाट पाँच किलोमिटर पूर्वतर्फ सुनकोशी नदी किनारको हैबार अक्करे भिरमा पाँच सय मिटर भन्दा बढि क्षेत्रफलमा रहेको यो भिरको तीन ठाउँमा पहिरो खसेको छ । सिमसिम पानी परि रहेकाले पहिरो पन्छाउने डोजर समेत पुग्न नसकेको हाे । पहिरोका कारण पूर्वी पहाडी जिल्लाबाट आएका सात सयभन्दा बढि यात्रुवाहक सवारी रोकिएका छन् ।

मध्यपहाडी लोकमार्गमा यातायात अबरुद्ध हुँदा पूर्वी पहाडी जिल्ला खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, रामेछापबाट राजधानी काठमाडौं आवत जावत गर्ने यातायातका साधनहरु बीच बाटोमा नै अलपत्र परेका स्थानीयले बताएका छन् ।

तीन ठूला बीपी राजमार्ग, मदन भण्डारी लोकमार्ग र मध्यपहाडी लोकमार्गले छोएको सिन्धुली जिल्लामा अन्य दुई ठूला राजमार्गमा भने यातायात सेवा सुचारु रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार...