७ बैशाख २०८१, शुक्रबार

बझाङमा र बैतडीमा उद्धारका लागि सेनाको हेलिकोप्टर जाँदै, मौसममा सुधार

nepal army helicopter

बझाङको थलारा गाउँपालिका–४ दिख्ला गाउँमा मंगलबार विहान ४ बजे पहिरो जाँदा एकै परिवारका १८ सहित २३ जना वेपत्ता भएको विषयमा यथार्थ पत्ता लगाउन नेपाली सेनाको हेलिकोप्टर परिचालन हुने भएको छ ।

यस्तै गरेर बैतडीको सिगास गाउँपालिका– ५ ढुंगाडस्थित सेती नदी किनारमा रहेका १० घरका ६० जना पनि उद्धारको पर्खाइमा रहेको वडाअध्यक्ष रामबहादुर धामीले बताउनु भएको छ । सो क्षेत्रमा समेत हेलिकोप्टर जाने सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रवक्ता पूर्णा जोशीले बताउनुभयो ।

आइतबार, सोमबार र मंगलबारका तुलनामा बुधबार विहानैदेखि आकाश खुलेकोले उद्धार कार्य गर्न सहज हुने अनुमान गरिएको छ । मंगलबार रातिपछि पानी पनि परेको छैन ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता विक्रमबहादुर चन्दका अनुसार पहिरो गएर गाउँबासी वेपत्ता भएको अपुष्ट खवर आएपछि तीन तिरबाट प्रहरी परिचालन गरिएको छ ।