६ बैशाख २०८१, बिहीबार

तिहारपछि टाटाको एसयूभी पन्च कार नेपाली बजारमा, कति पर्छ मूल्य ?

TataPunch1634475530

टाटा मोटर्सले यसै साता भारतमा सार्वजनिक गरेका माइक्रो एसयूभी पन्च नेपाली बजारमा छिट्टै आउने भएको छ ।

टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यसलाई तिहारपछि नेपाल ल्याउने अनुमान गरिएको छ । भारतमा न्यूनतम् ५ लाख रुपैयाँ मूल्य रहेको पन्चको मूल्य नेपालमा भने २८ लाख ५० हजार पर्ने अनुमान गरिएको छ ।

विभिन्न ४ भेरियन्टमा सार्वजनिक भएको पन्च म्यानुयल र अटोमेटिक भेरियन्टमा सार्वजनिक भएको छ । कम्पनीले पहिलो पटक भेरियन्ट अनुसारको नाम दिएर पन्चलाई बजारमा ल्याएको हो । पन्च म्यानुयल भेरियन्टको मूल्य ५ लाख ४९ हजार, एड्भेन्चरको ६ लाख ३९ हजार, एकभलिष्टको ७ लाख २९ हजार र टप क्रिएटीभ भेरियन्टको ८ लाख ४९ हजार भारतीय रुपैयाँ तोकेको छ ।

त्यसैगरी पन्च अटोमेटीक पेयोर भेरियन्टको मूल्य ६ लाख ९ हजार, एड्भेन्चरको ६ लाख ९९ हजार, एकभलिष्टको ७ लाख ८९ हजार र टप क्रिएटीभ भेरियन्टको ९ लाख ९ हजार भारतीय रुपैयाँ तोकेर विक्री सुरु गरेको हो ।

टाटा पन्चले ग्लोबल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएकोले यसमा धेरै ग्राहकको आकर्षण रहेको छ । साना कारमा पन्च ५ स्टार रेटिङ पाउने टाटाको तेस्रो कार बनेको छ । माइक्रो एसयूभी सेग्मेन्टमा बजारमा आएको पन्च डिजाइन, भेरियन्ट, पर्फमेन्स, स्पेशियस क्यावीन र पूर्ण सुरक्षित कार रहेको छ ।

टाटाले पन्चलाई विभिन्न ७ कलर अप्सनमा बजारमा उपलब्ध गराउने भएको छ । जसमा ह्वाइट, ओरेन्ज, ग्रे, ब्रन्ज, रेड, मिस्ट र व्ल्यू कलर अप्सनमा उपलब्ध गराउने छ ।

    सम्बन्धित समाचार...