१४ बैशाख २०८१, शुक्रबार

बढ्दो साम्प्रदायिक हिंसा बंगलादेशमा

Spotlight

बंगलादेशमा दुई धर्माबलम्बीबीचको साम्प्रदायिक हिंसा झन बढ्न थालेको छ ।

दूर्गा पूजाका क्रममा भएको आक्रमणबाट शुरु भएको हिंसाले ठूलो रुप लिन थालेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् ।

मन्दिरमा भएको हमलाविरुद्ध अल्पसंख्यक समुदायले गरेको विरोधका क्रममा रंगपुर जिल्लामा हिन्दुका २० घरमा आगो लगाइदिएको सञ्चारमाध्यमले जनाएका छन् ।

रंगपुर कै पीरगन्जको एक गाउँमा आगजनी गरिएको छ। स्थानीय नेता मुहम्मद सादिकुल इस्लामले यो आक्रमण जमात–ए–इस्लामी र यसका विद्यार्थी संगठन इस्लामी छात्र शिबिरले गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक एक पोष्टका कारण हिंसा भड्किएको प्रहरी अधिकारी मुहम्मद कामरुजम्माले बताएका छन् ।