१४ बैशाख २०८१, शुक्रबार

यसरी भइरहेको छ बलिउड फिल्म ‘उचाइ’ को हिमाली भेगमा छायांकन

Uunchai Hindi Film NK 1634534656

गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उचाइको छायांकन भइरहेको छ। काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले लुक्ला र नाम्चेको सुन्दरता कैद गरिरहेको छ।

मित्रताको कथा भन्ने फिल्ममा अमिताभ बच्चन , डेनी डेन्जोङ्पा, अनुपम खेर , बोमन इरानी , परिणीति चोपडा लगायतको अभिनय रहेको छ। यद्यपि नेपालमा अमिताभ बच्चन आएका छैनन्। स्वास्थ्यले साथ नदिएका कारणले उनी आउन नसकेको फिल्मसँग जोडिएका एक सदस्यले बताए । पछिल्लो समय अमिताभ कौन बनेगा करोडपति नामक टिभी शोमासमेत व्यस्त छन् ।

फिल्ममा चार जनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ। फिल्मसँग जोडिएको सदस्यको भनाइलाई आधार मान्ने हो भने अमिताभको डुब्लिकेटको भूमिका राजा चौधरीले गरिरहेका छन्।

बलिउडको प्रसिद्ध ब्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा फिल्म तयार भइरहेको छ। नेपालमा ४० देखि ४५ दिन छायांकन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले बताए। फिल्मका लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मी छन्। हिमाली भेगमा छायांकनका लागि ट्रेकिङ गाइड तिलकराम राईले सहयोग गरिरहेका छन् ।