१२ बैशाख २०८१, बुधबार

पिपल मोडमा ग्यास बोकेको ट्रक दुर्घटना हुँदा राजमार्ग अवरुद्ध

gas accident

त्रिभुवन राजपथको चन्द्रागिरि नगरपालिका–२ पिपल मोडमा ग्यास बोकेको ट्रक दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको छ ।

राती १२ बजेतिर ना७ख ३९४९ नम्बरको ट्रक दुर्घटना मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुँदा बिमारी बोक्ने एम्बुलेन्स समेत जाममा फसेको छ ।

दुर्घटनाका कारण दशैं मानेर काठमाडौ प्रवेश गर्ने यात्रु जाममा परेका छन् । राजमार्ग अवरुद्ध हुँदा करिब १० किलोमिटर जाम भएको छ ।

उक्त राजमार्ग सुचारु गर्नका लागि छरिएका ग्यास सिलिन्डर र दुर्घटना परेको ट्रकलाई हटाउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार...