१३ बैशाख २०८१, बिहीबार

टि–२० विश्वकपः श्रीलंकाद्धारा नामिबिया ७ विकेटले पराजित

shrilanka1634607425

पुरुष टि–२० विश्वकप अन्तरगत पहिरो राउण्डको समूह ‘ए’ अन्तरगतको खेलमा श्रीलंकाले नामिबियालाई पराजित गरेको छ । अबुधाबीमा सोमबार राति सम्पन्न खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको हो ।

नामिबियाले दिएको ९७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १३.३ ओभरमा ३ विकेटको क्षतिमा १०० रन बनाउँदै जित हात पारेको हो । श्रीलंकाको जितमा अविष्का फर्नान्डोले अविजित ३० र भानुका राजापाक्षेले अविजित २७ बलमा ४२ रन बनाए । यस्तै कुसल परेराले ५, पथुम निस्का र दिनेश चण्डीमलले समान ५/५ रन बनाए ।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यान, बर्नार्ड र जे जे स्मिटले समान एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको नामिबिया १९.३ ओभरमा ९६ रनमै अलआउट भएको थियो । उसका लागि क्रेग विलियम्सले २९ र कप्तान गेरहार्ड इरास्मसले २० र जे जे स्मिटले १२ रन बनाए । अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

आजको जितसंगै श्रीलंका पहिरो राउण्डको समूह ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । समान २ अंक भए पनि आयरल्याण्ड दोस्रो स्थानमा छ । यस समूहको शीर्ष दुई टोली सुपर १२ मा प्रवेश गर्नेछ ।

    सम्बन्धित समाचार...