७ बैशाख २०८१, शुक्रबार

त्रिभुवन विमानस्थलबाट अनुमति लिएर आकस्मिक ५ उडान

etihad

सरकारले ९ चैत्र २०७६ देखि १८ चैत्र २०७६ सम्म सबै अन्तर्राष्ट्रिय वायुसेवाको नेपाल उडान स्थगित गरेको भएपनि पाँच उडान कम्पनिले अनुमति लिएर नेपालबाट आकस्मिक उडान गर्दै यात्रु लाग्दै छन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विदेशी वायुसेवाले यात्रु लिएर आउन नपाउने र खाली आएर नेपालबाट यात्रु भने बाहिर लैजान पाउने छन् । अध्यागमन विभागका अनुसार अहिलेसम्म नेपालमा करिब ५ हजार विदेशी नागरिक रहेका छन् । उनीहरूलाई सम्बन्धित देशका वायुसेवाले लैजान पाउन भएकाले ती वायुसेवाले नेपालमा उडान भरेका हुन् ।

यस्तो उडानमा कतार र इत्तिहादको दुई दुईवटा र कोरियन एयरले एक उडान अनुमति लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले भने ।

कोभिड-१९ को संक्रमण हुनसक्ने जोखिमलाई ध्यान दिँदै सरकारले विदेशबाट आउने उडानमा भने पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध चैत १८ गतेसम्म जारी रहनेछ ।