१३ बैशाख २०८१, बिहीबार

कोरोना संक्रमणबाट थप चार जनाको निधन, ३६५ संक्रमित थपिँदा ६०९ जना संक्रमणमुक्त

corona insurance

नेपालमा ३ सय ६५ जनामा कोराना संक्रमण पुष्टि भएको छ । थप ४ जनाको निधन भएको छ ।

३ हजार ६ सय ७१ जनाको पीसीआर परीक्षणमा ३ सय २६ र १ हजार ९ सय २३ जनाको एन्टीजेन परीक्षणमा ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो कूल परीक्षणको ६ दशमलब पांच दुई प्रतिशत हो ।

पछिल्लो पटक पनि सबैभन्दा धेरै काठमाडौं उपत्यकामा संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ सय २२, ललितपुरमा २९ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो पटक ६ सय ९ जना संक्रमणमुक्त भएका छन । देशभर संक्रिय संक्रमितको संख्या १४ हजार २ सय ६७ मा झरेको छ ।

यस्तै ३ सय १५ जनाको आईसीयू र १ सय ७ जनाका भेल्टिलेटरमा उपचार भैरहेको छ । पछिल्लो पटक २ हजार २ सय ७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।