८ बैशाख २०८१, शनिबार

कोरोना संक्रमणबाट थप १४ जनाको निधन, ७९२ संक्रमित

corona insurance

पछिल्लाे २४ घण्टामा थप ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार देशभर ७ हजार ६० पीसीआर परीक्षणमा ६९१ र २ हजार ५५९ एन्टिजेन परीक्षणमा १०१ जना गरी कूल ७९२ जनामा कोरोना पुष्टि भएको हाे ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९६ हजार ७६९ पुगेको मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै, कोरोनाका कारण थप १४ जनाको निधन भएको छ । हालसम्म नेपालमा ११ हजार २५७ जनाले कोरोनाका कारण ज्यान गएकाे छ ।

त्यस्तै पछिल्लाे २४ घण्टामा थप ९१० संक्रमित निको भएकाे मन्त्रालयले जानकारी दिएकाे छ । हालसम्म नेपालमा ७ लाख ७७ हजार ७४१ संक्रमित निको भएका मन्त्रालयकाे भनाइ छ ।