
जग्गा विवाद कारण रौतहटमा झडप हुदाँ कम्तीमा आधा दर्जन मानिस घाइते भएका छन् । सोमवार राति करिब ८ : ३० बजे रौतहटको इशनाथ नगरपालिका–३ मा दूई पक्षबीच झडप भएको थियो ।
घाइतेहरूको आवश्यक उपचारका लागि गौर अस्पतालमा पठाइएकोमा गम्भीर घाइतेहरुको थप उपचारका लागि वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयाे ।
अरूको जग्गा मिची इशनाथ नगरपालिकाका नगरप्रमुख संतोष मेहताले आफ्नो निजी काममा प्रयोग गर्न खोज्दा रौतहट जिल्ला अदालतबाट भदौ २९ मा परमादेश समेत जारी भएको थियो ।
अदालतको अवहेलना गरी नगरप्रमुख मेहताले सोही जग्गा मिचेर नयाँ सडक निर्माणका लागि निज विपक्षीहरूलाई नै अवैध रुपमा उपभोक्ता समिति चयन गरी झडपको मैदानमा बनाउने काम गरेको स्थानीयको भनाइ छ ।
घाइते हुने मध्ये सन्दीप झा, रौशन झा, राजन झाको अवस्था गम्भीर रहेको कारण उनीहरुलाई गौर अस्पतालबाट रेफर गरी वीरगञ्ज पठाएको हो ।
इशनाथका नगरप्रमुख मेहता आफ्नै जनतालाई एकआपसमा लडाउने र अदालतको आदेश समेत नमान्ने गरेकाे स्थानीयको आरोप छ ।