७ बैशाख २०८१, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्रले भने–राजतन्त्रबिनाको प्रजातन्त्र सान्दर्भिक हुँदैन

Former King Gyanendra Shah
फाइल फोटो

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालजस्तो मुलुकमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र सान्दर्भिक नहुने बताउनु भएको छ ।

विजयादशमीका अवसरमा जारी गरेको शुभकामना सन्देशमा पूर्वराजा शाहले देशको वर्तमान राजनीतिक अवस्थाप्रति पनि तीव्र असन्तुष्टि जनाउनु भएको छ ।

देशको राजनीतिक व्यवस्था आफू र आफ्नो समूह तथा त्यसभित्रको गुट र उपगूटमा अल्झिएको पूर्वराजा शाहको टिप्पणी छ ।

पूर्व राजा शाहले शिक्षा र स्वास्थ्यमा राजनीतिकरण भएको र व्यक्ति स्वार्थकेन्द्रीत भएको उल्लेख गर्नु भएको छ ।

राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिरबाट कुनै पनि समस्याको समाधान नखोजिने शाहले बताउनु भएको छ ।