१२ बैशाख २०८१, बुधबार

सांसद सुनुवारद्धारा कैदीलाई खसी

Kaidilai khasi1634018800

ओखलढुंगाका प्रतिनिधिसभा सांसद यज्ञराज सुनुवारले ओखलढुंगा कारागारमा कैदी जीवन बिताईरहेका कैदीबन्दीलाई खसी उपहार दिनु भएको छ । विगत झैं दशैको अवसर पारेर सांसद सुनुवारले जिल्ला कारागार ओखलढुंगामा कैद भूक्तान गरिरहेका कैदीबन्दिलाई खसी हस्तान्तरण गर्नु भएको हो ।

विभिन्न घटनामा संलग्न भएर कानुन बमोजिम कारबाही भोगिरहेता पनि मानविय संवेदनालाई ख्याल गरेर पर्वको समयमा कैदीलाई सम्झिएको सांसद सुनुवारले बताउनु भयो । उहाँले कारागारमा हुने जीवन बिताइरहनु भएका कैदीबन्दीहरुलाइ कानुनी अज्ञानता, परिबन्द, संगत, आवेश र उत्तेजनाका कारण घटेका र घटाईएका घटनामा संलग्न भएर कानुन अनुसार कारबाही भोगिरहनु भएको र कानुनी राज्यमा कानुन भन्दा माथि कोही हुन नसक्ने बताउनु भयो ।

कारागारमा फुर्सदमा बस्दा क्षमता विकास गर्न सांसद सुनुवारले कैदीबन्दिलाई सुझाव दिननु भएको छ । पुस्तक पढ्ने, रेडियो सुन्ने, विभिन्न सिपमुलक काम सिक्ने जस्ता कार्य गरेर आफ्नो क्षमता बढाउन सकिने उहाँको भनाई थियो । सांसद सुनुवारले विगत २०७० सालदेखि देखि दशैको समयमा कैदीबन्दिलाई खसी सहयोग गर्दै आउनु भएको छ ।

खसी उपहार दिन कारागार पुगेका सांसदलाई कैदीबन्दिले आफुले बुनेको ढाकाटोपी उपहार दिएर पठाएका छन् । १२ महिला र १३ पुरुष गरि २५ जनाको क्षमता भएको जिल्ला कारागार ओखलढुंगामा क्षमता भन्दा बढी कैदीबन्दि राखिँदा व्यवस्थापनमा समस्या हुने गरेको छ ।

    सम्बन्धित समाचार...