८ बैशाख २०८१, शनिबार

भारतमा रहेका नेपालीलाई दूतावासले भन्यो– जहाँ हुनुहुन्छ, ‘त्यतै सुरक्षित भएर बस्नू’

nepal ambessy

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतका विभिन्न स्थानमा रहेका नेपाली नागरिकलाई बसेकै स्थानमा सुरक्षित अवस्थामा रहन आग्रह गरेको छ । दूतावासले अपिल जारी गर्दै भारत सरकाले जारी गरेको निर्देशन पालना गर्दै सुरक्षित रहेर बस्न आग्रह गरेको हो ।

दूतावासद्वारा जारी अपिलमा भनिएको छ, “नेपाल–भारत सीमामा मानिसको आवतजावतमा बन्देज लगाएको सन्दर्भमा भारतमा रहनुभएका नेपालीहरूलाई आ–आफ्नो नियमित बसोबास भएकै स्थानमा सुरक्षितसाथ बस्न तथा अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन दूतावास अपिल गर्दछ ।”

nepal ambessy

    सम्बन्धित समाचार...