१३ बैशाख २०८१, बिहीबार

कंगोमा भएको डुंगा दुर्घटनामा एक सय बढीको निधन

Dunga

कंगोमा भएको डुंगा दुर्घटनामा एक सय जना भन्दा बढीको निधन भएको बताइएको छ।

कंगो नदीमा दुर्घटनामा परेका मध्ये ६१ जनाको शव भेटिएको र ६० जना अझै बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । दुर्घटनामा ३९ जना बाँच्न सफल भएका छन् ।

दुर्घटना हुँदा डुंगामा सवार यात्रुको यकिन संख्या भने थाहा हुन सकेको छैन ।

रातिको समयमा खराब मौसम वा अत्यधिक यात्रु बोकेका डुंगा दुर्घटनामा परेको हुनसक्ने सरकारी प्रवक्ताको भनाइ छ ।

    सम्बन्धित समाचार...