१३ बैशाख २०८१, बिहीबार

राजीनामा दिदैँ उद्योगमन्त्री हमाल !

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने भएका छन ।

हमालले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने बताएका हुन ।

‘मेरो विवेकले राजीनामा दिने निर्णयमा पुँगें,’ हमालले भने, ‘आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउँछु।’

किन राजीनामा दिन लाग्नुभयो ? भन्ने प्रश्नमा हमालले आफूलाई अनावश्यक विवादमा तानेकाले झन्झटमा नफस्ने बताए। ‘४५ वर्ष कांग्रेसमा योगदान पुर्‍याएको व्यक्तिलाई अनावश्यक विवादमा तानियो,’ हमालले भने, ‘राजीनामा नदेउ भनेर दबाब पनि आएको छ, तर, राजीनामा दिन्छु।’

आफुले सधैं निष्ठाको राजनीति गर्दै आएको भन्दै मन्त्री पद नहुँदैमा केही फरक नपर्ने हमालले दाबी गरे।