८ बैशाख २०८१, शनिबार

फ्रान्सबाट दोहा हुँदै आएका नेपालीमा कोरोना देखियो

3D medical animation corona virus

स्वास्थ मन्त्रालयमा भएको प्रेस सम्मेलनमा एक नेपालीमा कोरोना रहेको पुष्टी भएको छ । फ्रान्सबाट चैत ४ गते मंगलवार फर्किएकी १९ वर्षीया किशोरीमा संक्रमण देखिएको हो। उनी होम क्वारेन्टाइनमा थिइन्। संक्रमित व्यक्तीलाई आहिले टेकु स्थित अस्पतालमा रखिएको छ ।

नेपाल प्रवेश गरेदेखि नै उनलाई क्वारेन्टाइनमा राखिएको थियो । बीचमा उनले केही साथी र आफन्तहरुलाई पनि भेटेको हुन सक्ने सम्भावनाका बीच सरकारले उनीहरुको खोजी शुरु गरेको हो । उनका आफन्त र साथीहरुलाई पनि आइसोलसनमा राख्ने तयारी थालेको छ ।

साथै, ती किशोरीसँगै एउटै प्लेनमा आएका अन्य व्यक्तिको पनि खोजी शुरु गरिएको मन्त्री ढकालको भनाइ छ ।‘उहाँ (संक्रमित किशोरी)का आफान्त, साथीभाई र सँगै प्लेनमा आएका व्यक्तिलाई आइसोलेसनमा राख्ने प्रक्रिया शुरु गरिएको छ,’ सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने, ‘उहाँले क–कसलाई भेट्नुभयो भन्ने विषयमा अहिले पनि अनुसन्धान भइरहेको छ ।’