१३ बैशाख २०८१, बिहीबार

मासु कतिमात्रामा खाने दशैँमा, हाेसियारपूर्वक खानपान गर्न आवश्यक : पाेषणविद्

dashain meat

दशैँ सुरु भएको छ । दशैँको धार्मिक, सामाजिक पक्ष र महत्व आफ्नै ठाँउमा छ, यसको सांस्कृतिक पक्ष पनि छ ।

खासगरी, आफन्तहरुसँग बसेर रमाइलो गर्ने, टीका जमरा लगाउने र मान्यजनबाट आशिर्वाद लिने एउटा महत्वपूर्ण अवसर पनि हो, दशैँ पर्व । त्यस्तै, दुःख गरेरै भए पनि मिठो मसिनाे खानुपर्ने रुपमा सदियौँदेखि दशैँलाई लिइदैँ आएको छ ।

दशैँ लागेसँगै हाम्रो खानपानमा समेत परिवर्तन आउँछ । विशेषतः विभिन्र परिकार तथा मासुजन्य पदार्थको प्रयोग यस समयमा बढी हुने गर्दछ । अरु समयमा भन्दा दशैँमा खसी, बोका तथा च्याङ्ग्राको माग पनि अत्याधिक हुनेगर्छ ।

हाम्रो समाजमा दशैँको समयमा ऋण काढेरै भए पनि मासु जोहो गर्ने चलन छ । मानिसहरु दशैँको चाडलाई माछा मासुसँग पनि जोडेर हेर्छन् । यसैले दशैँ भन्ने बित्तिकै मासु र यसका परिकारले धेरैको मुख रसाउँछ । पौष्टिक दृष्टिकोणले माछा मासु पौष्टिक वस्तु हो ।

मासु आफैँमा पनि चिल्लो पदार्थ हो तर यसलाई तेलमा लपक्क पकाउँदा चिल्लो पदार्थको मात्रा अत्यधिक हुने गर्दछ । तर, आवश्यकता भन्दा बढी खाएमा यसले नकारात्मक असर गर्न थाल्दछ ।

स्वस्थ मानिसले कति मात्रा मासु खाने भन्ने कुरा नबुझ्दा स्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको छ । पोषणविद् डा. उत्तम आचार्यले दशैँको समयमा माछा मासु खाँदा विशेष ख्याल गर्नुपर्ने बताउनुभएको छ । मासु आफैँमा पनि चिल्लो पदार्थ बढी भएको खाद्य पदार्थ भएकाले धेरै तेलमा पकाएर खाँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न सक्ने उहाँले बताउनुभयो ।

स्वास्थ्यको लागि रातो मासु भन्दा सेतो मासु बढी स्वस्थकर भएको कारणले सकेम्म कुखुरा तथा पंक्षीजन्यको मासु प्रयोग गर्नु उपयुक्त हुने उहाँ बताउनुहुन्छ । मासु कतिमात्रामा खाने भन्नेकुरा उमेरका आधारमा निर्भर रहने भएकाले कम उमेर समूहकाले भन्दा दीर्घरोगी, मोटोपना बढी भएका तथा ज्येष्ठ नागरिकहरुले कम खान उहाँले सुझाउनुभएको छ ।

मासुसँगै मदिरा पनि खाने गरेका कारण यसले मुटुको पनि समस्या निम्त्याउन सक्ने आचार्यको भनाइ छ । ‘दशैँको बेला मानिसहरुले अन्य सागसब्जीहरु कम खाने तर मासु बढी खाने गर्दछन्, त्याे गलत हो, बेलाबेला फलफूल र सागसब्जी पनि खानुपर्दछ ’, उहाँले भन्नुभयो । खसी, बोकाको तुलनामा माछाको मासु स्वस्थकर मानिने उहाँको भनाइ छ । मासुलाई लामो समय फ्रिजमा राखेर प्रयोग गर्दा यसले असर गर्ने भएकाले स्वच्छ मासु मात्र प्रयोग गर्न पनि उहाँको आग्रह छ ।

मासुमा के पाइन्छ ?

मासुलाई धेरै प्रोटिनको राम्रो स्रोतको रुपमा लिइने गरिन्छ । तर, कतिपय गेडागुडीबाट मासुमा भन्दा पनि प्रोटिन पाइने गर्छ । तर, मासुबाट प्राप्त हुने प्रोटिन गेडागुडीबाट पाइनेमा भन्दा बढी वायोलोजीकल भ्याल्यु हुन्छ । यसको अर्थ भनेको मासुमा भएको प्रोटिनलाई शरीरले बढी सोस्न र प्रयोग गर्न सक्छ ।

आइरन
मासु आइरनको राम्रो स्रोत हो । सागसब्जी, तरकारी, फलफूलबाट पनि आइरन पाइन्छ । तर, मासुबाट हेम–आइरन पाइन्छ । जुन आइरनलाई शरीरले बनस्पतिबाट पाइनेभन्दा बढी सोस्न सक्छ । शरीरमा आइरनको कमि भएमा रगतको कमि हुन गई रक्तअल्पताको समस्या निम्तन्छ

भिटामिन–बी १२
मासुमा पाइने अर्को महत्वपूर्ण भिटामिन भनेको भिटामिन–बी १२ हो । जुन वनस्पतिजन्य खाद्यपदार्थबाट प्राप्त गर्न सकिदैन । पछिल्लो समय धेरै मानिसमा भिटामिन९ बी१२ को कमि देखिन थालेको छ । यसको कमीले खुट्टा छिटो निदाउने, हात खुट्टा कटकट खाने, चाडै विर्सने र रगतको कमि हुने, डिप्रेसनलगायतको समस्या निम्तन सक्छ ।

अन्य पौष्टिक तत्व
मासुबाट फयाट, भिटामिन बी, ए, के, पोटासियम, फोस्फोरस, जीकं, म्याग्नेसियमलगायतका पौष्टिक तत्व पनि प्राप्त हुन्छ । जुन स्वास्थ्यको लागि अतिआवश्यक छ ।
रातो मासु– रातो मासु भन्नाले नपकाएको अवस्थामा रातो देखिने खसी, राँगा, सुंगुरआदीका मासु हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार रातो मासु क्यान्सर लाग्ने कारणमध्ये एक हो । यसअर्थ पनि रातो मासु स्वास्थ्यको दृष्टिले राम्रो मानिदैन । रातो मासुमा जींक, आइरन, भिटामिन बी६, बी१२, बी१, बी२ भने सेतो मासुको तुलनामा बढी हुन्छ । त्यस्तै रातो मासुमा फ्याटको मात्रा पनि बढी हुन्छ । तर, कुखुराको छातीमा भने बढी बोसो हुने गर्छ ।

सुगुंरको मासुमा बोसोको मात्रा अरु मासुको तुलनामा अत्याधिक हुन्छ । तर, यसको बोसो कुखुरा, खसि र राँगाकोजति हानीकारक भने हुँदैन । किनकी यसमा कोलेस्ट्रोल फ्याटको मात्रा कम हुन्छ र अनस्याचुरेटेट फ्याट बढी हुन्छ । जुन स्वास्थ्यको लागि राम्रो हो । सुन्दा अचम्म लाग्छ तर सबै भन्दा पोषिलो प्राकृतिक खाद्यहरु भनि गरिएको एक हजारभन्दा बढी खाद्य अनुसन्धानले सुँगुरको बोसोलाई ८ औं स्वस्थकरको सूचीमा रखेको छ ।

सेतो मासु – त्यस्तै नपकाएको अवस्थामा सेतो देखिने कुखुरा, माछा र हाँसका मासु सेता हुन् । यी दुईमध्ये रातो मासु खानु हुदैन भन्ने भनाई प्रचलनमा छ ।

तर अहिले रातो मासु कम खाने हुदा सेतो मासुमा पनि विशेष गरि ब्रोइलरको प्रयोग बढी हुने गरेको छ । तर, यस्ता खालका कुखुरामा विभिन्न हर्मोन, एन्टिवायोटिकको अत्याधिक प्रयोग गरिएको हुन्छ । जसले गर्दा सेतो मासुले मानव स्वास्थ्यमा जति फइदा पुर्याउनु पथ्र्यौ त्यो नपुग्ने देखिन्छ । त्यसैले घरमै पालेको कुखुराको मासु प्रयोग गर्दा राम्रो हुन्छ ।

रातो र सेतो आ-आफ्नै फाइदा-वेफाइदा छन् । यदि कसैलाई रातो मासु नखानु भनिएको छ भने ९युरिक एसीड, कोलेस्टेरोल, उच्च रक्तचाप, मुटु रोग, बाथ, सेतो मासु खादा पनि त्यतिकै ध्यान दिन जरुरी हुन्छ ।

हुन त मासुको नाम सुन्ने बित्तिकै धेरैको –याल चुहिन्छ तर स्वादिष्ट भएपनि स्वास्थ्यका लागि यो हानिकारक नै हुन्छ । यहाँ हामी यसका हानीहरू बताउँछौं । मासु खाने धेरैजसो मानिसहरू चिढिइरहन्छन् र जतिखेर पनि रिसाइरहन्छन् । यिनीहरूको स्वभाव पनि उग्र हुन्छ । मासु खाँदा तपाईंको शरीर र मन दुवै अस्वस्थ रहन्छ । मांसाहारीहरू शाकाहारीका तुलनामा गम्भीर रोगको बढी शिकार हुन्छन ।

यी रोगमा उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर, मृगौला बिग्रने, बाथ र अल्सर पर्छन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार, मांसाहारले धूम्रपानजत्तिकै हानि गर्छ । मासु खानेलाई क्यान्सरको खतरा बढी हुन्छ । शाकाहारी स्वस्थ, दीर्घायु, निरोगी र तन्दुरस्त हुन्छ । बर्ड फ्लु र स्वाइन फ्लु जस्ता रोग मासु खानेलाई नै लाग्छ ।

संसारको एक चौथाइ प्रदूषणको कारण मासु नै हो । मानिसहरूले मासु खान छोड्ने हो भने ७० प्रतिशतसम्म प्रदूषण कम हुन्छ । मासुका लागि हुर्काइने जनावरले अत्यधिक पानी र प्राकृतिक स्रोत उपयोग गरिदिन्छन् ।

मासु खाने मानिसको उमेर पनि छोटो हुन्छ । मासु महंगो पनि छ । यसमा पैसा खर्च गर्नुको साटो अरू कुनै असल काममा लगाउनुस् । मांसाहारीहरू शाकाहारीका तुलनामा डिप्रेसनको शिकार बढी हुन्छन् ।मासु पचाउन धेरै समय लाग्छ । मान्छेको आन्द्रा हिंस्रक जनावरको जस्तो ठूलो हुँदैन त्यसैले मासु पचाउन मुश्किल पर्छ ।धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन ।

मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ ।

दशैमा यस्ता मासु स्वस्थकर हुन्छ

मासुमा प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रण रहेको हुन्छ । जसको प्रयोगले शरीरलाई फाइदा पुर्याएको हुन्छ । तर, उसिनेको मासु प्रयोग गर्दा स्वास्थ्यका लागि बढी हितकर हुन्छ । उसिनेको मासु खाँदा अनावश्यक चिल्लो पदार्थबाट बच्न सकिन्छ । मधुमेह, उच्च रक्तचाप, मिगौलाको समस्या, कोलेस्ट्रोल बढी भएमा बोसो नभएको मासु प्रयोग गर्दा राम्रो हुन्छ । सकभर रातो मासु कम खानुपर्छ ।

सेतो मासु भने स्वास्थ्यका लागि राम्रो मानिन्छ । तुलनात्मक रूपमा खसी, सुँगुर, राँगाको भन्दा कुखुराको मासु र माछा प्रयोग गर्नु बढी श्रेयष्कर हुन्छ । कतिपय मानिसले मासुमा भएको बोसो अत्यधिक प्रयोग गर्ने गर्छन् । गाउँघरतिर त छुट्टै निकालेर बोसो खाने प्रचलनसमेत छ । तर, स्वास्थ्यका लागि भने सकेसम्म बोसो निकालेर मात्र मासुको प्रयोग गर्नु राम्रो हुन्छ ।

दशैमा तपाईले बध, वली चढाएको पशु पंक्षिवाट प्राप्त हुने मासु सके चाडै पकाउनु होला पकाउन झन्झट लागे डिप फ्रिज वा फ्रिजमा राख्नु होला । पकाएको मासु राम्रो सित छोपेर फ्रिजमा राख्नु होला खाना खाने वेलामा राम्रो सित तताउनु नै वेश हुन्छ । यसो गरिने चाडबाडको वेला खाएको मासुवाट स्वास्थ्यमा असर नगर्ला की । बढी चिल्लो र पिरो बनाएर मासु खानु हुँदैन ।

यसरी खाँदा ग्यास्ट्रिक, प्रेसर, बान्ता, अपच, फुड पोइजनलगायत समस्या आउन सक्छ । शरीरका लागि केही मात्रामा राम्रो मानिए पनि धेरै मासुको प्रयोगले भने हानि गर्न सक्छ । त्यसैले दिनमा तीन–चार पिस मात्र मासु प्रयोग गर्नुपर्छ ।

    सम्बन्धित समाचार...