
पछिल्लाे २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार ६ हजार १६८ नमुनाको पीसीआर परीक्षण गर्दा ६३६ र पाँच हजार ८६३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२४ जनामा गरी कूल ७६० मा संक्रमण पुष्टि भएकाे हो।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ११ जनाको निधन भएकाे मन्त्रालयले जनाकारी दिएकाे छ । योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या ११ हजार २२१ पुगेको मन्त्रालयकाे भनाइ छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर ८९९ जना संक्रमित निकाे भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ७५ हजार ७२ पुगेको छ ।
मन्त्रालयले दिएकाे जानकारी अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३४० रहेका छन् ।