१२ बैशाख २०८१, बुधबार

आफ्नो पार्टी एक मात्र राष्ट्रिय शक्ति बन्ने प्रचण्डको दाबी

prachanda IRyjsLNp44
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी एक मात्र राष्ट्रिय शक्तिको रुपमा उदाउने दाबी गर्नु भएको छ ।

भक्तपुरमा आयोजित विस्तारित बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले पहिलो प्राथमिकता आगामी निर्वाचनमा गठबन्धन सँगै मिलेर जाने बताउनुभयो ।

उहाँले संविधान र लोकतान्त्रिक गणतन्त्रमा उभिएका दलहरुबीच एकता अपरिहार्य रहेको भन्दै आगामी निर्वाचनसम्म यहि गठबन्धन सँगै भएर निर्वाचनमा जाने आपसी समझदारी रहेको बताउनुभयो ।

आफूहरुले कम्युनिष्ट एकता चाहँदा चाहँदै पनि ओलीले आन्तरिक र बाह्य शक्तिको बुई चढेर कम्युनिष्ट एकता भंग गरेको प्रचण्डले आरोप लगाउनु भयो ।