१५ चैत्र २०८०, बिहीबार

नेकपा (एकीकृत समाजवादी)ले बागमती र प्रदेश १ को मुख्यमन्त्री पाउने

Madhav Nepald1629968864
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी)ले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री पाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमा दुई प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरेको हो ।

अब प्रदेश १ मा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई र बागमतीमा पनि संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुहुनेछ ।

हालका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित छ । दुवै प्रदेशमा सत्तारुढ गठबन्धनको स्पष्ट बहुमत छ ।

आचार्य र शाक्य करिब एक महिनाअघि मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले नियुक्त भएको एक महिनामा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ ।

एमाले विभाजित भएर एकीकृत समाजवादी बनेसँगै प्रदेश १ र बागमती प्रदेशमा एमालेले एकल बहुमत गुमाएको हो । आचार्यले दसैँपछि र शाक्यले दसैँअघि नै विश्वासको मत लिने तयारी छ ।