१६ मंसिर २०७८, बिहीबार

दक्षिण चीन सागरमा अमेरिकी सैन्य परमाणु पनडुब्बी दुर्घटना

US submarin

अमेरिकी सेनाको परमाणु पनडुब्बी दक्षिण चीन सागरमा दुर्घटनामा परेको छ। समुद्री सतहभित्र पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किएपछि दुर्घटना भएको हो । पनडुब्बी ठोक्किँदा १५ जना अमेरिकी सैनिक घाइते भएका छन ।

यूएसएस कनेक्टिकट पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किँदा १५ सैनिक घाइते भएको अमेरिकी अधिकारीले पुष्टि गरेका छन्। पनडुब्बी अपरिचित वस्तुसँग किन र कसरी ठोक्कियो भन्नेबारे स्पष्ट नपारिएको बीबीसीले जनाएको छ।

ताइवानको वायु रक्षा क्षेत्रमा हालै मात्र चिनियाँ सैनिकले सैन्य विमान उडाइरहेका बेला यो घटना बाहिर आएको हो। अमेरिकी नौसनाका प्रवक्ताले ठोक्किएको जहाज अमेरिकी रक्षा क्षेत्रतर्फ अघि बढिसकेको बताएका छन्।

घटनापछि पनडुब्बीमा कुनै ठूलो क्षति नभएको र आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेको ती प्रवक्ताले बताएका छन्। अमेरिकी सैनिकको यूएसएस कनेक्टिकट संसारकै सबैभन्दा बढी विवादित मानिने क्षेत्रमा परिचालित छ।

चीनले आसपासका अधिकांश समुद्री क्षेत्रलाई आफ्नो भएको दाबी गर्दै आएको छ। तर चीनका छिमेकी र अमेरिकाले चीनको दाबीलाई स्वीकार नगरेको बिबिसीले जनाएको छ ।

    सम्बन्धित समाचार...