
क्रुज सिपमा लागुऔषधसँग भेटिएका आर्यन खान अहिले एनसीबीको हिरासतमा छन् ।
नारकोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)ले आर्यनलाई हिरासतमा राख्न ११ अक्टोबरसम्मको मिति माग गरेको भए पनि किला कोर्टले ७ तरिखसम्मका लागि हिरासतमा राख्न आदेश दिएको थियो ।
आर्यनको मुद्धामा आज मुम्बई अदालतमा सुनुवाई हुँदैछ। आजको सुनुवाईले आर्यनले जमानत पाउनेछन् वा जेल पर्नेछन् भन्ने टुंगो लगाउनेछ ।
शनिबार मुम्बईस्थित एक क्रुजमा एनसीबीले छापा मार्दा भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यनसहित १३ जना पक्राउ परेका थिए । क्रुजमा ड्रग्स पार्टी चलिरहेको थियो । मुम्बईबाट गोवातर्फ जाँदै गरेको उक्त क्रुज पार्टीमा सहभागी हुनेहरूले टिकटबापत ८० हजारदेखि दुई लाख भारुसम्म तिरेका थिए ।
यद्यपि, आफूले कुनै पैसा नतिरेको, ड्रग्स पनि नलिएको र केवल पाहुनाका रूपमा पार्टीमा सहभागी भएको बयान आर्यनले दिएका छन् ।
