७ बैशाख २०८१, शुक्रबार

च्याम्पियन्स लीगमा चेल्सीको संघर्षपूर्ण विजयी शुरुवात

1235258772.0

च्याम्पियन्स लीग फुटबलमा साविक विजेता चेल्सीले विजयी शुरुवात गरेको छ ।

च्याम्पियन्स लीग अन्तर्गत गएराति चेल्सीले जेनिथ सेन्ट पिटर्सवर्गमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो । घरेलु मैदानमा समूह एच को खेलमा चेल्सीको जितमा रोमेलु लुकाकुको एकमात्र गोल नै निर्णायक रह्यो ।

उनले ६९ औं मिनेटमा हेडमार्फत गोल गरेका थिए । उनी यसै सिजन इन्टर मिलानबाट लुकाकु चेल्सी आएका हुन् । यही समूहको अर्को खेलमा युभेन्ट्सले माल्मोलाई ३० ले हरायो ।

त्यस्तै समूह ई को खेलमा बार्सिलोना आफ्नै मैदानमा पराजित भएको छ । बायर्न म्युनिखले बार्सिलोनालाई ३–० गोलले हराएको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई र थोमस मुलरले एक गोल गरे ।

उता यही समूहको अर्को खेलमा डाइनामो किभ र बेन्फिकाले गोलरहित बराबरी खेले ।

त्यस्तै समूह एफ मा योङ ब्वाइजले म्यानचेष्टर युनाइटेडलाई २–१ ले हराउँदा एट्लान्टा र भिल्लारियाले २–२ गोलको बराबरी खेले । यसै सिजन युनाइटेड आएका क्रिष्टियानो रोनाल्डोले एक गोल गरेका थिए ।