११ बैशाख २०८१, मंगलवार

आईसीसी विश्वकप क्रिकेट लीग–२ मा ओमानसँग नेपाल पराजित

nepal 1 768x474 1

ओमानमा जारी आईसीसी विश्व क्रिकेट लीग–टु त्रिकोणात्मक एक दिवसीय क्रिकेट खेलमा नेपालले हार व्यहोरेको छ ।

नेपाल आफ्नो दोस्रो खेलमा घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको हो । १ सय ९७ रनको मध्य लक्ष्य ओमानले ३१ दशमलव १ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गरेको थियो ।

ओमानका जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिंग्स खेले । त्यस्तै मोहम्मद नदीम ३८ रनमा अविजित रहँदा सुरज कुमारले २० रन जोडे । बलिङमा नेपालका करन केसी र कुशल मल्लले समान २–२ विकेट लिए ।

यसअघि अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४७ दशमलव ४ ओभरमा १ सय ९६ रन बनाउँदै अलआउट भएको थियो । खराब शुरुवात गरेको नेपालले पहिलो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई शुन्य रनमै गुमाएको थियो ।

तेस्रो क्रममा आएका कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर पेभेलियन फर्किए । ओपनर आशिफ शेखले ९० रन जोड्दै नेपालको इनिंग्स सम्हालेका थिए ।

करण केसी २१ र सन्दीप लामिछाने १६ रनमा आउट भए । बलिङतर्फ ओमानका बिलाल खानले ४ विकेट लिए । यसअघि पनि लीग(टु अन्तर्गत काठमाडौंमा सम्पन्न दुबै खेलमा नेपाल ओमानसँग पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको थियो । ६ खेल खेलेको नेपालले ३ खेलमा जित निकालेदै ६ अंकका साथ तालिकको छैटौं स्थानमा छ । ११ खेल खेलेको ओमान १८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

अब नेपालले पर्सि शुक्रबार १२ अंकसहित दोस्रो स्थानमा रहेको अमेरिकासँग दोस्रो खेल खेल्ने छ । पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

    सम्बन्धित समाचार...