१४ बैशाख २०८१, शुक्रबार

दुई करोडभन्दा बढी मूल्यको सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

gold 1

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ करोड बढीको सुनसहित २ जनालाई पक्राउ गरिएको छ । सोमबार उनीहरुलाई श्री एयरलाइन्सबाट विराटनगर जान लागेको बेला ब्याग चेक गर्दा तीन किलो तीन सय ६० ग्राम सुनका गरगहनासहित उनीहरु पक्राउ गरेको हो ।

विराटनगर जना लागेका कैलाालीका ३ण् वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीबाट सुन बरामद गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको ब्याग एक्सरे मेसिनमा देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विमानस्थलका अनुसार उनीहरुबाट २ करोड २४ लाख ९२ हजार ३ सय ९७ रुपैयाँ बराबरका गरगहना बरामद भएको छ । थप अनुसन्धान गर्नका लागि उनीहरुलाई प्रहरीले राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाएको छ ।

    सम्बन्धित समाचार...