७ बैशाख २०८१, शुक्रबार

अभिनेता राजेश हमाल भन्छन्: नेपाल सरकार र अमेरिकाले एमसीसीबारे प्रष्ट्याउनुपर्छ

rajesh hamal

अभिनेता राजेश हमालले हाल चर्चामा रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी० प्रति आफ्नो धारणा राखेका छन् । उनले शुक्रबार मध्यरातमा एक भिडियो फेसबुकमा पोस्ट गर्दै नेपाली भावना प्रति संवेदनशिल हुन अमेरिकासँग आग्रह गरेका छन् ।

‘आफ्नो छविप्रति अन्य राष्ट्रका नागरिकहरुको विश्वास दिलाउन र असन्तुष्टिलाई स्पष्ट पार्ने भूमिका हुन्छ । यो भूमिका निर्वाह गर्न अमेरिका तयार हुनुपर्छ । किनकी कुनै राष्ट्र र नागरिकको चाहना र भावना विपरित गरिएको क्रियाकलाप कहिँ पनि सौहार्दपूर्ण हुँदैन । नेपाल सरकार र अमेरिकाले एमसीसीबारे प्रष्ट्याउनुपर्छ’, हमालले भनेका छन् ।

उनले अमेरिका नेपालीको भावना र असन्तुष्टि प्रति संवेदनशिल हुन आवश्यक रहेको उल्लेख गरेका छन् । ‘नेपाली जनताको भावनालाई चित्त नबुझाईकन गरिएका क्रियाकलापहरु दुरगामी असर पर्नेछ । एक किसिमको प्रत्युत्पादक पनि हुनेछ’, उनले भनेका छन् ।

हमालले नेपालको विगत र वर्तमानको परराष्ट्र नीति असंलग्नता र पञ्चशीलमा आधारित रहेको स्मरण गर्दै नेपाल सबै राष्ट्रसँग मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध कायम गर्ने पक्षमा रहेको जनाएका छन् ।

‘नेपाली जनतामा एमसीसीले नेपाली सार्वभौमसत्ता र आफ्नो स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेप भएको महशुस गर्नुभएको छ । यो स्वाभाविक पनि हो । त्यसकारण राष्ट्रको नागरिकको चाहना, भावना विपरित कुनै क्रियाकलाप गरियो भने त्यसको दीर्घकालिन असर पर्न सक्छ’, उनले भनेका छन् ।

उनले कुनै राष्ट्रको छवि बिग्रिएको त्यो राष्ट्रलाई विश्वले हेर्ने नजर बदलिने जनाउदै त्यसले विश्वासको स्तर पनि घट्ने दाबी गरे ।