१५ चैत्र २०८०, बिहीबार

मध्यम लक्ष्य नेपालले ओमानलाई दियो

match misc 2019 nepal 1580813222 1 3

आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत नेपालले आज घरेलु टोली ओमानलाई १९७ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जित्दै ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा १० विकेट नै गुमाएर १९६ रन बनाएको हो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९० रन जोडे । अर्का ओपनर कुशल भुर्तेल शून्यमै आउट भए । कप्तान ज्ञानेन्द्र मल्लले २१, रोहित पौडेलले २०, विनोद भण्डारीले ६, सोमपाल कामीले ७, कुशल मल्लले ४ र विक्रम शोवले २ रन बनाए । करन केसीले २१, सन्दिप लामिछानेले १६ र सुशन भारीले २ रन जोडे ।

ओमानका लागि बिलाल खानले सर्वाधिक ४ विकेट लिए । नेस्टोर धब्बाले २ र मोहम्मद नदिम र जेसमले १/१ विकेट लिए ।

    सम्बन्धित समाचार...