१२ बैशाख २०८१, बुधबार

पटनामा भर्ना भएका वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि (रिपोर्टसहित)

birgung raxaul border

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको आशंकामा वीरगन्जका व्यवसायी शिवकुमार रुगंटा पटना मेडिकल कलेज बिहारमा भर्ना भएका थिए। उनलाई कोरोना संक्रमण नदेखिएको पुष्टि भएको छ ।

केही दिनअघि खोकी र ज्वरो आएपछि उनलाई उपचारका लागि भारतको पटना लगिएको थियो ।

corona virus report shiv kumar

वीरगञ्जका उनी २२ फेब्रुअरी भारतमा एक विवाह समारोहमा सहभागी हुन गएका थिए र एक सातामा फर्किएका थिए । किड्नीका विरामी उनी स्थानीय अस्पतालमा नियमित चेकजाँचका लागि गएका थिए । अस्पतालले पटना रिफर गर्‍यो ।

१९ मार्चमा गएका उनीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले संक्रमण भए नभएको चेकजाँच गरिएको थियो ।

यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नेगेटिभ देखिएको हो।