७ बैशाख २०८१, शुक्रबार

त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज ओमानसँग खेल्दै

nepal 1 768x474 1

आईसीसी विश्वकप क्रिकेट लीग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले अल अमिरात क्रिकेट मैदानमा घरेलु टोली ओमानसँग आज दिउँसो सवा ४ बजे प्रतिस्पर्धा गर्नेछ । घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल जितको लक्ष्यमा हुनेछ । तर, बलियो टिम ओमानविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन ।

घलु टिमले पछिल्लो समय उत्कृष्ट खेलिरहेको छ । ओमान लीग–२ को शीर्ष स्थानमा रहेको टिम समेत हो । ओमानले १० खेलमा १६ अङ्क जोडेको छ । लीग–२ विश्वकप छनोटको एक रुप हो ।

लीग–२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् । लीग–२ को शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।

लीग–२ को सिरिज अन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेलमा नेपाल पराजित भएको थियो ।

टियु क्रिकेट मैदानमा २०२० को फेब्रवरी ५ मा भएको खेलमा नेपाललाई ओमानले १८ रनले हराएको थियो । त्यस्तै ९ फेब्रवरीमा भएको दोस्रो भेटमा ओमानले नेपाललाई ८ विकेटले हराएको थियो ।

    सम्बन्धित समाचार...