१६ चैत्र २०८०, शुक्रबार

सरकारले भोलिदेखि भारत र चीनतर्फको नाका एक सातासम्‍म बन्द गर्दै

birgung raxaul border

सरकारले भारत र चीनतर्फका सबै सीमा नाका भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले भर्खरै सकिएको बैठकले यो निर्णय गरेको हो ।

आइतबार वालुवाटारमा बसेका मन्त्रिपरिषद् बैठकले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो।

फागुन २१ गते प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो।