१३ बैशाख २०८१, बिहीबार

नेपाल खरानी हुन्छ संसदबाट एमसीसी पारित भए: नेता गजुरेल

hqdefault
फाइल फोटो

नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलले एमसीसी संसदबाट पारित भए नेपाल खरानी हुने बताएका छन् । सोमबार काठमाडौमा एमसिसीविरुद्ध भएको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता गजुरेलले एमसीसी संसदबाट पारित भएपछि अमेरिकाले ल्याएको कुनैपनि समान चेक गर्न पाइँदैन र एमसीसीका नाममा अमेरिका उसको सेना ल्याएर चीनका विरुद्ध लड्ने अखडा बनाउने धारणा राखे ।

अमेरिकाले नेपाललाई अखडा बनाएर चीनसँग लड्न चाहेको उनको भनाई थियो । चीनविरुद्ध अमेरिकालाई लड्न नेपालजस्तो सहज ठाउँ अरु कतै नभएको उल्लेख गर्दै चीनलाई घेर्न र लड्न अमेरिका नेपाल आउन चाहेको उनले दाबी गरे ।

नेपालबाट चीनमा मिसाइल जान थाले भने सी जिनपिङ हेरेर नबस्ने भन्दै त्यसबेला चीनले प्रतिकार गर्ने भएकाले नेपाल विदेशीको रणमैदान बन्ने निश्चित भएको उनको जिकिर थियो । त्यसरी युद्ध भयो भने नेपाल खरानी बन्ने उल्लेख गर्दै नेता गजुरेलले आफूहरु नेपाललाई सिरिया बनाउन नदिने चेतावनी दिए ।